Kathmandu Press

पाकिस्तानमा कोरोनाका नयाँ सङ्क्रमित ९५३ जना, ११ को मृत्यु

पाकिस्तानमा कोरोनाका नयाँ सङ्क्रमित ९५३ जना, ११ को मृत्यु

इस्लामाबाद, फागुन २० : पाकिस्तानमा बुधबार थप ९५३ जना कोरोना सङ्क्रमित भएका छन्। गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर ९एनसीओसी० ले बुधबार जानकारी दिएको छ।

पाकिस्तानमा हालसम्म १५ लाख १२ हजार ७०७ लाई कोरोना सङ्क्रमण देखापरेको छ।  तीमध्ये १४ लाख ५१ हजार ६६५ कोरोना भाइरस मुक्त भएका एनसीओसीले जनाएको छ। हाल पाकिस्तानमा ८९० गम्भीर बिरामीसहित ३० हजार ७९४ जना सक्रिय सङ्क्रमित रहेका छन्।  

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप  ११ को मृत्यु भएसँगै पाकिस्तानमा कोरानाबाट ज्यान गुमाउनेको सङ्ख्या ३० हजार २४८ पुगेको छ।
 
पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो। यहाँ पाँच लाख ६९ हजार ३३८ जनालाई  कोरोना सङ्क्रमण भएको छ। त्यसपछि पूर्वीप्रान्त पञ्जाबमा पाँच लाख २ हजार २६४ कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, फागुन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्