Kathmandu Press

इन्डोनेसियामा आपराधिक समूहद्वारा आठजनाको हत्या

जकार्ता, फागुन २० : इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ। पपुवाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका...
इन्डोनेसियामा आपराधिक समूहद्वारा आठजनाको हत्या

जकार्ता, फागुन २० : इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ। पपुवाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

मारिएकाहरु प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन। सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरुले आक्रमण गरेको जनाइएको छ ।सरकारी अधिकारीहरुले खराब मौसमका कारण उनीहरुलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् । 

हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरु पुग्न कठिन भएको बताइएको छ।

'हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौ, अनुकुल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरुलाई पनि उद्धार गर्नेछ,' एक अधिकारीले भने । आफूहरुले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, फागुन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्