Kathmandu Press

माओवादीको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं, फागुन २० : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा केहीबेरअघि बैठक सुरु भएको हो। आजको बैठकमा अध्यक्ष...
माओवादीको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं, फागुन २० : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा केहीबेरअघि बैठक सुरु भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्। 

आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्। एमसिसीमा असहमत रहेका नेताहरुले केन्द्रीय कमिटी बैठकमा लिखित असहमति राख्ने बताइएको छ। 

बैठकले आठौं राष्ट्रिय महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीलाई पूर्णता दिने र पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोको टुंगो लगाइने एजेण्डा छ। माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन्। 

महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।त्यस्तै  समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारीका बारेमा पनि बैठकमा छलफल गरिने एजेण्डा छ। 

तीन दिनसम्म चल्ने बैठक आइतबार सकिने छ। 

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्