तिम्ल्याहा जन्माउने सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
दार्चुला, असोज ७ : दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नौगाड गाउँपालिका&ndas....

दार्चुला, असोज ७ : दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकप्टरमार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गरेको हो। आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसीयूमार्फत थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए।
उनीहरुको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार हुने बताइएको छ। तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले जानकारी दिए। कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महिना अघि नै तीन बच्चा जन्माएकी हुन्। यसअघि धामीका छ वर्ष र तीन वर्षका छोरी छन्।
दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेशिन नहुँदा थप उपचारका लागि रिफर गरिएको ठगुन्नाले बताए। धामीलाई मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो। एयर एम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भए पनि कागजी प्रक्रियामा ढिलाइ हुँदा मंगलबार बिहान मात्र उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए।
“गाउँपालिकाले सोमबार ढिलोगरी जानकारी गरायो”, उनले भने, “कागजी प्रक्रिया मिलाउँदा मंगलबार बिहान मात्र स्वीकृत भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो।” रासस









-(86)-1764936079.jpg)


-1764760320.jpg)