Kathmandu Press

सुनको मूल्य तोलाको झन्डै १ लाख

काठमाडौं, फागुन २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको छ। पहेंलो धातु अघिल्लो...
सुनको मूल्य तोलाको झन्डै १ लाख

काठमाडौं, फागुन २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९९ हजारमा कारोबार भएको थियोे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार ४०० तोकिएको छ। यसको मूल्य बिहीबार प्रतितोला रु. ९८ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेर प्रतितोला रु. १ हजार ३८० कायम रहेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्