Kathmandu Press

युक्रेनमाथिको हमला योजनाअनुरूप नै भएकाे हाे : पुटिन

मस्को, फागुन २० : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरूप नै भएको बिहीबार बताएको छ  । उहाँले भन्नुभएको छ, युक्रेनमाथिको...
युक्रेनमाथिको हमला योजनाअनुरूप नै भएकाे हाे : पुटिन

मस्को, फागुन २० : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरूप नै भएको बिहीबार बताएको छ। उनले भनेका छन्, 'युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौं, त्यसको तयारी हामीले गरेका थियौं।'

रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन्। उनले हामीले तोकिएको काम गरेका छौं र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौं,' उनले भनेका छन्। उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए।

उनले भने, 'रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौं। रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए।

रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ। बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ।

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, फागुन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्