Kathmandu Press

नेपाली कांग्रेस पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह विजयी 

काठमाडौं, फागुन २० : नेपाली कांंग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री संस्थापन पक्षका उम्मेदवार हुन्। संस्थापन इतरका उम्मेदवार श्याम...
नेपाली कांग्रेस पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह विजयी 

काठमाडौं, फागुन २० : नेपाली कांंग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री संस्थापन पक्षका उम्मेदवार हुन्। संस्थापन इतरका उम्मेदवार श्याम पटेललाई ४ सय ६५ मतान्तरले पराजित गर्दै क्षेत्री जिल्ला सभापति चुनिएका हुन्।  

शुक्रबार बिहान सम्पन्न मतगणनानुसार  क्षेत्रीले  १ हजार १२० मत प्राप्त गर्दा पटेलले  ६४५ मत मात्र प्राप्त गरे। पदाधिकारीमा भने संस्थापन इतर पक्षको प्यानलै  निर्वाचित भएका छन्। 

Hardik ivf

७ पदाधिकारी र ६८ सदस्यीय जिल्ला कार्यसमितिका लागि भएको निर्वाचनमा क्षेत्री र पटेलले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। सभापति र ७ पदाधिकारीको मतपरिणाम सार्वजनि भइसकेपनि सदस्यहरुको भने मतगणना बाँकी छ। 

पदाधिकारीमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता जिल्ला उपसभापतिमा विजयी भएका छन् ।सचिवमा इम्तियाज आलम र दिनेश कुमार चौधरी  विजयी भए । सह–सचिवमा नविन सिंह र मदन राउत अहिर  मत ल्याएर निर्वाचित भए ।

वीरगञ्जस्थित बालमन्दिर परिसरमा भएको मतदानमा १ हजार ७ सय ७९ जनाले भाग लिएका थिए ।   
 

प्रकाशित मिति: १०:३७ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्