हत्या अभियोगमा दुईजना पक्राउ
काठमाडौं, फागुन २० : हत्या गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी...
काठमाडौं, फागुन २० : हत्या गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका २० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् ।
उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति: ०८:३० बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











