युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा गोलाबारी

काठमाडौं, फागुन २० : युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लागेको स्थानीय अधिकारीहरूले बताएका छन् । युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको हो ।
नजिकैको एनरहोडरका मेयर दिमिट्रो ओर्लोभका अनुसार भवन र एकाइहरूमा गोलाबारी हुँदा आगो लागेको देखिन्छ ।
ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र रुसी सेनाबीच तीव्र झगडा भएको जानकारी दिएको बीबीले जनाएको छ ।
रुसी सेनाले ट्याङ्कमा सहरमा प्रवेश गरी प्लान्ट कब्जा गर्ने प्रयास गरेका थिए तर बुधबार प्लान्ट र यसको वरपरका सडकहरूमा बासिन्दा र कामदारहरू भेला भएका थिए । युक्रेनमा जापोरिज्जिया सहित चार सक्रिय परमाणु केन्द्रहरू छन् ।
प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












