Kathmandu Press

राष्ट्रिय सभामा २० सांसदको कार्यकाल आजबाट सकियो, नवनिर्वाचित सदस्यको सपथ भोलि

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसदको कार्यकाल आज सकिदै छ ।
राष्ट्रिय सभामा २० सांसदको कार्यकाल आजबाट सकियो, नवनिर्वाचित सदस्यको सपथ भोलि

काठमाडौं, फागुन २० : संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसदको कार्यकाल आज सकिँदै छ।

यसरी कार्यकाल सकिनेमा नेकपा एमालेबाट अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल छन्। 

यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको छ । 

यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । त्यस्तै मनोनिततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ । 

यसरी पदावधि सकिनेमा तीनै दलका नेता र राष्ट्रिय सभाका संसदीय समितिका तीन सभापति समेत छन् । दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ छन् । 

यसैगरी राधेश्याम राष्ट्रिय सभा कांग्रेस दलको नेता हुन् भने दिनानाथ माओवादी केन्द्र संसदीय दलको नेता र सुमनराज प्याकुरेल प्रमुख प्रतिपक्ष एमाले संसदीय दलको नेता हुन् । राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि (शनिवार)  हुने संसद सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभाको १९ सिटका लागि गएको माघ १२ गते चुनाव भएको थियो । यसअघि दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद २०७६ मा बिदा भएका थिए । 

प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्