पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, फागुन २० : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।यस्तै‚ हिमाली भू भागका...
काठमाडौं, फागुन २० : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै‚ हिमाली भू भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ । उल्लेखनीय मौसमी प्रणाली नभए पनि शुक्रवार बिहान उच्च पहाडी भू भागको मौसम सामान्य बदली रहेको छ।
अन्य भू भागमा भने मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १‚ गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू भागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अन्य भू भागमा मौसम सामान्यतः सफा रहने छ। राति प्रदेश १‚ गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहे पनि अन्य भू भागमा मौसम सामान्यतः सफा रहनेछ।
प्रकाशित मिति: ०७:१७ बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











