Kathmandu Press

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै  

काठमाडौं, फागुन २० : माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ।  बैठक  विहान ११ बजे राष्ट्रिय सभामा सुरु हुने छ ।आठौं...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै  

काठमाडौं, फागुन २० : माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ।  बैठक  विहान ११ बजे राष्ट्रिय सभामा सुरु हुने छ ।

आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो।  त्यसपछि बैठक पटक पटक स्थगित भएको थियो। चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो।

पहिलो बैठककै निरन्तरताका रुपमा आज सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘संगठन र भावी कार्ययोजना तय गर्ने’ रहेको छ । माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ। त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन।

यस पटकको बैठकबाट यी सबै विषय टुंगिने जनाएको छ। यस्तै संशोधनबिना एमसीसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरित अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तिब्र विवाद छ।

केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखत रुपमै उठाउने केहि नेताको तयारी छ । 

प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्