पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १५० रुपैयाँ
निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक प्रतिलिटर ५ रुपैयाँ बृद्धि गरेको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ।
काठमाडाैं, फागुन १९ : पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएको छ। रुस(युक्रेट युद्धका कारण अन्तर्राष्ट्रिय बरजारमा कच्चा तेलको मूल्यमा भारीमात्रामा वृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रेलियम पदार्थको मूल्य बृद्धि गरेको हो।
निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक प्रतिलिटर ५ रुपैयाँ बृद्धि गरेको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।
मूल्य बढेपनि निगमलाई प्रतिलिटर पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा छ। यता, मट्टितेलमा भने निगमलाई १९ रुपैयाँ ५१ पैसा नाफा छ।
खाना पकाउने ग्याँसमा ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा भएपनि निगमले मूल्य बढाएको छैन। यस्तै, निगमले हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।
यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह(प्रवक्ता पुष्कर कार्कीले बताए । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले जनाएको छ ।
आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।












