Kathmandu Press

भियतनाममा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

हनोइ, फागुन १९ : भियतनामका कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ।सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक...
भियतनाममा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

हनोइ, फागुन १९ : भियतनामका कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १८ हजार ७९० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

'यो सङ्ख्या अघिल्लो दिनकोभन्दा आठ हजार ४८९ ले बढी हो,' स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

देशभरीका ६२ ठाउँमा ती सङ्क्रमितहरू भेटिएका छन्। तीमध्ये राजधानी हनोइमा मात्रै १८ हजार ६६१ जना भेटिएको मन्त्रालयले जनाएको छ।

महामारीबाट सबैभन्दा बढी राजधानी हनोइ नै प्रभावित भएको छ। महामारीका कारण राजधानीमा रहेकाहरू त्रसित देखिएको र सतर्कता बढाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: २०:४६ बजे, बिहीबार, फागुन १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्