Kathmandu Press

सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमा ४६ हजारको मृत्यु

वासिङ्टन, फागुन १९ : सवारी दुर्घटनामा परी अमेरिकामा गत वर्षभरीमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ।  राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार...
सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमा ४६ हजारको मृत्यु

वासिङ्टन, फागुन १९ : सवारी दुर्घटनामा परी अमेरिकामा गत वर्षभरीमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ।  

राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो।

परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरुको सङ्ख्या बढेको देखाएको थियो।

त्यसैगरी सन् २०१९ मा भने ३९ हजार १०७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ।

'वार्षिक तथ्याङ्क हेर्दा हामी नराम्रो अवस्थातिर गइरहेको देखिएको छ, त्यसैले सडक सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको छ,' परिषद्द्धारा जारी वक्तव्यमा लेखिएको छ।

प्रकाशित मिति: २०:४३ बजे, बिहीबार, फागुन १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्