Kathmandu Press

ब्राजिलमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ५० हजार पुग्यो

रियो दि जेनेरियो, फागुन १९ : ब्राजिलले गत २४ घण्टामा कोभिड–१९ सँग सम्बन्धित ३७० जनाको मृत्यु भएको पुष्टि गरेको छ।कोभिडबाट मृत्यु हुनेको पछिल्लो...
ब्राजिलमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ५० हजार पुग्यो

रियो दि जेनेरियो, फागुन १९ : ब्राजिलले गत २४ घण्टामा कोभिड–१९ सँग सम्बन्धित ३७० जनाको मृत्यु भएको पुष्टि गरेको छ।

कोभिडबाट मृत्यु हुनेको पछिल्लो सङ्ख्यासँगै ब्राजिलमा छ लाख छ लाख ५० हजार पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी गराएकाे छ।

पछिल्लो २४ घण्टामा ३० हजार ९९५ जना नयाँ कोभिड–१९ सङ्क्रमण भएको सरकारी तथ्याङ्कमा जानकारी गराइएको थियो। यसले गर्दा कूल सङ्क्रमित सङ्ख्या दुई करोड ८८ लाख १६० पुगेको छ। यहाँ कोभिड–१९ मृत्युदर प्रति एक लाख व्यक्तिमा ३०९ रहेको र सङ्क्रमण दर प्रति एक लाखमा १३ हजार ७२५ पुगेको छ।

ब्राजिलमा कोभिड–१९ काकारण विश्वमा दोस्रो सबैभन्दा बढी कोभिड–१९ जनाको मृत्यु भएको छ र यो सङ्ख्या संयुक्त राज्य अमेरिकाकाभन्दा बढी छ। दक्षिण अमेरिकी देशले गत वर्षको दोस्रो त्रैमासिकमा आम खोपका कारण मृत्यु र संक्रमण कम गर्न सफल भएको थियो। तर ओमिक्रोन भेरिएन्टको फैलावट थप वृद्धि भएको छ।

प्रकाशित मिति: २०:४१ बजे, बिहीबार, फागुन १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्