Kathmandu Press

उज्वेकिस्तानका राष्ट्रपति पाकिस्तान भ्रमणमा

इस्लामावाद, फागुन १९ : उज्वेकिस्तानका राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पाकिस्तान भ्रमणमा आएका छन्।दुई दिने भ्रमणका लागि उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद,आइगेकाे हाे। उनलाई पाकिस्तानका...
उज्वेकिस्तानका राष्ट्रपति पाकिस्तान भ्रमणमा

इस्लामावाद, फागुन १९ : उज्वेकिस्तानका राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पाकिस्तान भ्रमणमा आएका छन्।

दुई दिने भ्रमणका लागि उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद,आइगेकाे हाे। उनलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वागत गरेका थिए।

सन् २०१६ मा उनले सरकारको नेतृत्व गरेपछि उज्वेकिस्तानका राष्ट्रपतिको यो पहिलो भ्रमण भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ।  

उज्वेकिस्तानका राष्ट्रपति मिर्जियोयेभले पाकिस्तानी प्रधानमन्त्रीसँग एकल वार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले अन्य भेटवार्ता तथा छलफलहरू गर्ने कार्यतालिका रहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ।

भेटवार्ता तथा छलफलका क्रममा उनले दुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यका साथै साझा चासो र सरोकारका विषयमा कुराकानी गर्ने भएका छन।

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्