Kathmandu Press

नेपालमा २० फन्का लगाएको कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट 

काठमाडौं, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि नेपालको आकाशमा २० फन्का लगाएको कतार एअरवेजको जहाज बङ्गलादेश डाइभर्ट भएको छ । त्रिभुवन विमानस्थलमा...
नेपालमा २० फन्का लगाएको कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट 

काठमाडौं, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि नेपालको आकाशमा २० फन्का लगाएको कतार एअरवेजको जहाज बङ्गलादेश डाइभर्ट भएको छ । 

त्रिभुवन विमानस्थलमा भइरहेको परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) का कारण जहाजले आकाशमाथि २० फन्का लगाएर अवतरणको पालो नआएपछि जहाज बङ्गलादेशको ढाका पुगेको हो । 

दोहाबाट काठमाण्डौ आएको जहाज दिउँसो २ बजेर ३५ मिनेटमा अवतरण गर्ने तालिका थियो । आजै कतारबाटै आएको अर्को जहाजले पनि १७ फन्का लगाएर काठमाण्डौमा अवतरणको अनुमति पाएको थियो ।  

क्यालिब्रेशन फ्लाइटका कारण अरू अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि प्रभावित भएका छन् । यद्यपी अहिले भने विमानस्थलमा जहाजको उडान र अवतरण सुरु भइसकेको छ । 

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्