Kathmandu Press

उपराष्ट्रपति पुनद्वारा मण्डला नाटकघरकाे नयाँ भवन उद्घाटन

काठमाडाैं, फागुन १९ : मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ।आज (बिहीबार) उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाको नयाँ भवन उद्घाटन गरे।...
उपराष्ट्रपति पुनद्वारा मण्डला नाटकघरकाे नयाँ भवन उद्घाटन

काठमाडाैं, फागुन १९ : मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ।

आज (बिहीबार) उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाको नयाँ भवन उद्घाटन गरे। २०० सिट क्षमताको ठुलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ।

३० आना जग्गा भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो। उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको चित्रणका साथै समाजलाई सहि रुपन्तरण गर्न सक्ने बताए। उनले साहित्य समृद्धितर्फ अग्रसर हुनुपर्ने भन्दै उनले मुलुकको परिर्वतनमा यस क्षेत्रले पुर्‍याएको योगदानको चर्चा गरे।

नेपालमा नाटकको इतिहास लामो रहेको र यसलाई निरन्तारता दिनु उत्तिकै चूनौतिपूर्ण रहेको उनको भनाइ थियाे। उनले नेपालको नाटक क्षेत्रको उत्थानका लागि सरकारले अझै पहल गर्नुपर्ने धारणा राखे।

सन् २००९ देखि अनामनगरमा मण्डला नाटक घर सञ्चालन हुँदै आएको थियो। 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्