देशभरिमा थपिए १०५ कोरोना संक्रमित, ३ जनाकाे मृत्यु
काठमाडौं, फागुन १९ : नेपालमा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ४ सय ४८ पिसिआर परिक्षणका...
काठमाडौं, फागुन १९ : नेपालमा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ४ सय ४८ पिसिआर परिक्षणका क्रममा ७० जना र २ हजार ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ।
त्यस्तै थप ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ८ सय ८ जना निको भएका छन्। हाल नेपालमा ७ हजार ५ सय १७ सक्रिय संक्रमित रहेका छन्।
तीमध्ये होम आइशोलेसन ७ हजार ३ सय ४९, संस्थागत आइसोलेसनमा १ सय ६८ जना छन्। आइसियुमा ६१ र भृन्टिलेटरमा ९ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











