Kathmandu Press

नागरिकलाई बीमाको दायरामा ल्याउनु आवश्यक छ : मुख्यमन्त्री भट्ट

धनगढी, फागुन १९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीय स्वरूपअनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा...
नागरिकलाई बीमाको दायरामा ल्याउनु आवश्यक छ : मुख्यमन्त्री भट्ट

धनगढी, फागुन १९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीय स्वरूपअनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बीमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रियामा उनले बीमाका बारेमा फरकफरक बुझाइ भएकाले एकरूपता कायम गर्न बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। 

मुख्यमन्त्री भट्टले  यस प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकामा खुसी व्यक्त गर्दै विभिन्न प्रकोपका कारण हुने आर्थिक नोक्सानी कम गर्नका लागि बीमा गर्ने व्यवस्था उत्तम रहेकाे बताए।

सोही प्रदेशका प्रमुख सचिव रामेश्वर दङ्गालले बीमा समितिको प्रादेशिक कार्यालय स्थापना पछि  प्रादेशिक सरकारसँग  समन्वयका लागि नीति बनाउनुपर्ने आवश्यकता आँैल्याउँदै  बीमाको विकास एवं विस्तारका लागि नेतृत्व लिन प्रदेश सरकार तत्पर रहेको बताए।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवं अनुदानको व्यवस्था, बीमाको पहुँच विस्तारका लागि समन्वय गर्न सम्पर्क व्यक्ति तोक्न र प्रदेश बीमा नीति बनाउनुपर्नेमा जोड दिए।

सहभागीहरुले बीमा कम्पनीले बीमा दाबी भुक्तानी दिन ढिलाइ गर्ने गरेको र बीमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका थिए।

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्