Kathmandu Press

विप्लव र भीम रावलबीच भेटवार्ता

काठमाडौं, फागुन १९ : नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले नेता डा भीम रावलसँग भेटवार्ता गरेका छन्। एमसिसीपछि विकसित राजनीतिक घटनाक्रमपछि विप्लवले...
विप्लव र भीम रावलबीच भेटवार्ता

काठमाडौं, फागुन १९ : नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले नेता डा भीम रावलसँग भेटवार्ता गरेका छन्। एमसिसीपछि विकसित राजनीतिक घटनाक्रमपछि विप्लवले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। 

बिहीबार बिहान रावलकै निवासमा पुगेर विप्लवले उनीसँग छलफल गरेका हुन्। रावलसँग एमसीसी अनुमोदनपछिको राजनीतिक परिस्थितिबारे छलफल भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिएका छन्। 

विप्लवले यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवाललगायतलाई भेटिसकेका छन्।

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्