Kathmandu Press

भारतमा ६ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली, फागुन १९ : भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन्।यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार...
भारतमा ६ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली, फागुन १९ : भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन्।

यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  बिहीबार जानकारी दिएको छ।

Hardik ivf

सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन्। कोरोना सुरु भएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या कूल सङ्क्रमितको ०।१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ। भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन्।

भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ।  कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ।
 
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोडभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्