लोकबहादुर भण्डारी संयोजक रहेको स्काउट तदर्थ समिति खारेज गर्न माग
काठमाडाैं, फागुन १९ : नेपाल स्काउटलाई बचाउन लोकबहादुर भण्डारी संयोजक रहेको तदर्थ समिति खारेज गर्न माग गिरएकाे छ।स्काउट बचाउ अभियानले तदर्थ समिति खारेज गरी तत्काल...
काठमाडाैं, फागुन १९ : नेपाल स्काउटलाई बचाउन लोकबहादुर भण्डारी संयोजक रहेको तदर्थ समिति खारेज गर्न माग गिरएकाे छ।
स्काउट बचाउ अभियानले तदर्थ समिति खारेज गरी तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न माग गरेको छ।
आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मलेन गर्दै अभियानले भण्डारी संयोजक रहेको तदर्थ समिति अवैधानिक र असक्षम भएको भन्दै खारेज गर्न सम्बन्धित निकायसँग माग गरेको हो।
अभियानले स्काउट कार्यक्रमको बाहनामा नेपाल सरकारको आर्थिक नियमावलीविपरित खर्चहरु गरेको र जसको कारण नेपाल स्काउटमा चरम भ्रष्टाचार भएको पनि दाबी गरेको छ।
स्काउटलाई राजनीतिक दलको भर्तीकेद्र बनाउने व्यक्तिहरुलाई समेत कारबाहीको गर्न अभियानले माग गरेको छ। अभियानले तदर्थ समितिले आर्थिक लाभका कारण नेपाल स्काउटको सार्वजनिक जग्गामा बिना टेन्डर व्यापारीक प्रयोजनको लागि भाडामा दिई संरचना बनाउन दिएकोमा पनि आपत्ति जनाएको छ।
पत्रकार सम्मेलनमा स्काउटको सल्लाहकार तथा गर्ल्स सहप्रमुख पुष्पलता भट्टराईले तदर्थ समितिले स्काउटको मूल्य, मान्यता र तालिमको मर्मविपरीत काम गरेको आरोप लगाए।
अभियानले नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरेकोमा पनि आपत्ति जनाएको छ।











