Kathmandu Press

कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न सक्दैन : महामन्त्री शर्मा 

काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात नगर्ने बताएका छन्। भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै...
कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न सक्दैन : महामन्त्री शर्मा 

काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात नगर्ने बताएका छन्। 

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसविरुद्ध भ्रम र अफवाह मात्र फैलाइएको बताएका छन्। 

एमसिसीलाई लिएर कांग्रेसमाथि नियोजित रुपमा भ्रम फैलाउनेहरुलाई जनताले प्रश्न गर्न सक्नुपर्ने बताएका छन्। उनले कांग्रेसले  राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको र कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका छन्।

एमसिसीमा सुरुवातदेखि नै कांग्रेसको धारणा प्रष्ट रहेकामा गठबन्धन दलका नेता लगायतका अन्य राजनीतिक दलहरुले जनतामाथि भ्रमको खेती गरेको बताए । एमसिसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरेकै कारण आम जनता र युवाहरु आन्दोलनमा उत्रिएको बताए । ‘फेसबुकमा नो एमसिसी लेख्नेदेखि सडकमा एमसिसी मुर्दावाद भनेर कराउनेहरुको कुनै दोष छैन, नेताहरुको दुष्प्रचारको परिणाम मात्र हो,’ उनले भने। 

एमसिसीका विषयमा प्रचण्ड र माधव नेपालले द्वेध चरित्र देखाएको पनि महामन्त्री शर्माको भनाई छ। ‘अहिले त सहमत हुनुभयो तर बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि उहाँहरु नै हो,’ शर्माले भने। 

चुनाव सकेर मात्रै एमसिसी पास गरौं भन्ने विषय पनि आएको उनले बताए । ‘अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनवापछि गर्दा राष्ट्रघाती नहुने कसरी हुन्छ? राष्ट्रघात हो भने त चुनाव अघि गरेपनि त्यही हो, पछि गरे पनि त्यही हो । त्यसैले म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, कांग्रेसले राष्ट्रघात गर्दैन, राष्ट्रघात गर्न जानेको छैन।’


 

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्