पूर्व प्रेमीलाई गीतबाटै कडा जवाफ (गीतसहित)
काठमाडौं, माघ २१ : बलिउडकी चर्चित गायिका नेहा कक्करले भर्खरै एउटा ‘कभर सङ’ रिलिज गरेकी छन् । जसले नेहालाई मात्रै होइन, गीतलाई पनि चर्चामा ....

काठमाडौं, माघ २१ : बलिउडकी चर्चित गायिका नेहा कक्करले भर्खरै एउटा ‘कभर सङ’ रिलिज गरेकी छन् । जसले नेहालाई मात्रै होइन, गीतलाई पनि चर्चामा ल्याएको छ ।
नेहाले अघिल्लो साता यूट्युबमा ‘तेरा घाटा’ कभर गीत रिलिज गरेकी हुन् । जसलाई दर्शकले पनि मन पराई रहेका छन् ।
यूट्युबमा अपलोड भएको चार दिनमै यो गीत ५ नं. ट्रेन्डिङमा आएको छ । गजेन्द्र बर्माको यो हिट गीतलाई नेहाले आफ्नै स्वरमा कभर गीत बनाएकी हुन् ।
गत वर्षको अन्त्यतिर हिमान्सु कोहलीसँग नेहाको ब्रेक अप भएको थियो । चार वर्ष लामो प्रेमसम्बन्ध टुटेपछि उनी डिप्रेसनमा गएको खबर पनि आएको थियो ।
नेहाले सामाजिक संजालमा हिमान्सुसँगका फोटाहरु पनि डिलिट गरेकी छन् । उनले सामाजिक संजालमै ब्रेक अप भएको खुलाएकी थिइन् ।
अहिले भने उनी ‘मुभ अन’ भइसकेकी छन् । र, यो गीत उनले पूर्व प्रेमी हिमान्सुलाई ‘डेडिकेट’ गरि गाएको अनुमान गर्न थालिएको छ । गीतमार्फत ‘ब्रेक अप' ले आफूलाई केही फरक नपरेको र पूर्व प्रेमीलाई नै घाटा लागेको खुलाएकी छन् ।












