Kathmandu Press

संसद् अवरोध खुलाउन एमालेसँग छलफल गर्ने गठबन्धनकाे निर्णय

काठमाडाैं, फागुन १९ : सत्तारुढ गठबन्धनले संसदको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको...
संसद् अवरोध खुलाउन एमालेसँग छलफल गर्ने गठबन्धनकाे निर्णय

काठमाडाैं, फागुन १९ : सत्तारुढ गठबन्धनले संसदको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तागठबन्धन आबद्ध चार दलको बैठकले संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकतालगायत विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

'चार दलकाे बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई राष्ट्रका यावत् समस्याबारे संसदमा छलफल गर्ने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेका छाैं,’ उनले भने।

त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकोमा नेताहरूलाई धन्यवाद समेत दिएको कार्कीले बताए। बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको उहाले जानकारी दिए।

मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धनको आवश्यकता रहेको उनले बताए। बैठकमा राष्ट्रिय जनमोर्चा बाहेकका सत्तारुढ दलको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्