Kathmandu Press

मुख्यमन्त्री राईद्वारा ग्याल्पो ल्होसारकाे शुभकामना

काठमाडाैं, फागुन १९ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसार पर्वका अवसरमा देश विदेशमा बस्नु हुने...
मुख्यमन्त्री राईद्वारा ग्याल्पो ल्होसारकाे शुभकामना

काठमाडाैं, फागुन १९ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसार पर्वका अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेको छ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पा जातीको नयाँ वर्ष हो। प्रकृतिपूजक शेर्पाले यस अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्ने चर्चा गर्दै उनले सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्य तथा सम्पूर्ण नेपालीको साझा दायित्व हो भने।

शुभकामना सन्देशमा उनले हाम्रा जुनसुकै पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यस्ता पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना पनि गरे।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्