Kathmandu Press

गठबन्धनको बैठक : एमसिसी अनुमोदन गरेकाेमा प्रधानमन्त्रीको प्रशंसा 

एमसिसी पारित भएपछि अब कार्यान्वयनका दिशामा लैजानुपर्ने दलका नेताहरुको धारणा थियो। त्यसका लागि आवश्यक प्रकृया सुरु गर्नेबारे छलफल भएको हो। 
गठबन्धनको बैठक : एमसिसी अनुमोदन गरेकाेमा प्रधानमन्त्रीको प्रशंसा 

काठमाडौं, फागुन १९ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोंरेशन (एमसिसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेका छन्। 

बालुवाटारमा बिहीबार भएको गठबन्धन दलको बैठकले एमसिसी पास गराउन सफल भएकामा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत प्रशंसा भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकिकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवाको प्रशंसा गरेका हुन्। 

बैठकमा एमसिसी अनुमोदनपछि समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। त्यस्तै आगामी स्थानीय तहको निर्वाचन र गठबन्धनको रणनीतिमा पनि सामान्य छलफल भएको छ। 

एमसिसी अनुमोदन भएलगत्तै गठबन्धन टुट्नबाट रोकिएको नेताहरुको भनाई छ। गठबन्धनलाई आगामाी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने विषयमा सामान्य छलफल भएको बताइएको छ। 

आजको छलफलको मुख्य एजेण्डा एमसिसी अनुमोदनको समिक्षा भएका कारण अन्य विषयहरुमा गहन विमर्श नभएको बताइएको छ। एमसिसी पारित भएपछि अब कार्यान्वयनका दिशामा लैजानुपर्ने दलका नेताहरुको धारणा थियो। त्यसका लागि आवश्यक प्रकृया सुरु गर्नेबारे छलफल भएको हो। 

प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्