Kathmandu Press

रोमानियामा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु

काठमाडाैं, फागुन १९ : हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकाेप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचैजनाको मृत्यु भएको छ। आइएआर ३३०...
रोमानियामा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु

काठमाडाैं, फागुन १९ : हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकाेप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचैजनाको मृत्यु भएको छ। आइएआर ३३० पुमा हेलिकप्टर, एमआइजी २१ लेन्सर जेटको खोजी र उद्धार अभियानमा उडेको थियो।

हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०:४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि मिहेल कोगल्निसियानु एयरबेस नजिकै लडाकु विमान बेपत्ता भएको घोषणा गरेको थियो।

ब्ल्याक सी नजिकै अवस्थित, नाटो एयरबेस रोमानियामा अधिकांश अमेरिकी सेनाको घर रहेको छ। विमानले यस क्षेत्रमा हवाई गस्ती मिसन सञ्चालन गरिरहेको थियो तर कन्ट्रोल टावरसँग २०:०३ मा रेडियो सम्पर्क गुमायो।

मिग र यसको पाइलटबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। खोज तथा उद्धार कार्य अझै जारी छ।

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, फागुन १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्