बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं, फागुन १९ : एमसिसी संसदबाट अनुमोदन भएपछि सत्तागठबन्धनको पहिलो बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजेपछि गठबन्धनका शीर्ष नेताहरु...
काठमाडौं, फागुन १९ : एमसिसी संसदबाट अनुमोदन भएपछि सत्तागठबन्धनको पहिलो बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजेपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।
बैठकमा एमसिसीबारे समिक्षा, समसामयिक राजनीतिक अवस्था, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु उपस्थित छन्। राष्ट्रिय जनमोर्चा भने गठबन्धनबाट अलग भइसकेको छ।
प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











