Kathmandu Press

साढे दुई महिनापछि बागमती प्रदेशसभा बैठक आह्वान

हेटौंडा, फागुन १९ : साढे दुई महिनापछि बागमती प्रदेश सभाको बैठक बोलाइएको छ।लामो समयदेखि बागमती प्रदेशसभा बैठक बस्न सकेको थिएन। यही फागनु २९...
साढे दुई महिनापछि बागमती प्रदेशसभा बैठक आह्वान

हेटौंडा, फागुन १९ : साढे दुई महिनापछि बागमती प्रदेश सभाको बैठक बोलाइएको छ।

लामो समयदेखि बागमती प्रदेशसभा बैठक बस्न सकेको थिएन। यही फागनु २९ गते प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै जानकारी दिएको छ।

करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो। प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन।

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्