Kathmandu Press

रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो

रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो

मस्को, फागुन १८ : रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ।  

रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो।

झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरिदिएको समाचारमा जनाइएको छ।

यसअघि उनीहरूले रुसको सेन्ट पिटर्सवर्गमा रहेको युक्रेनको कन्सुलेट जनरलमा समेत काम गर्न रोक लगाएका थिए।  

रुसले गत बिहीबारदेखि युक्रेनमा आक्रमण गर्न थालेको हो। आक्रमण अहिले पनि जारी रहेको छ।

आक्रमण सुरु भएको पाँचौ दिनमा दुई पक्षका प्रतिनिधिका बीचमा वार्ता भएपनि सहमति हुन भने सकेको छैन।

दुवै पक्ष आ आफ्नै अडानमा रहेकाले वार्ताले समाधान दिन नसकेको अधिकारीहरूले जानकारी दिएका छन्।

विश्वका धेरै देशले युक्रेन माथी रुसले आक्रमण गरेकोमा आलोचना गरेका छन्। केही देशहरुले मात्रै रुसलाई समर्थन गरेका छन्।

प्रकाशित मिति: २१:०३ बजे, बुधबार, फागुन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्