Kathmandu Press

युक्रेनका चर्चित खेलाडी पनि रुसविरुद्धको लडाइमा सहभागी

पेरिस, फागुन १८ : युक्रेनका चर्चित खेलाडीहरू रुस विरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन्।विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको...
युक्रेनका चर्चित खेलाडी पनि रुसविरुद्धको लडाइमा सहभागी

पेरिस, फागुन १८ : युक्रेनका चर्चित खेलाडीहरू रुस विरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन्।

विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन।

बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए।

'मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,' उनले भने।
 
अर्का पुराना खेलाडी ५० बर्षिया वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, फागुन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्