Kathmandu Press

युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

टोकियो, फागुन १८ : जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ।युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण...
युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

टोकियो, फागुन १८ : जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ।

युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो। तर पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए।

अहिले जापानबाट त्यस तर्फ जान पुरै प्रतिबन्ध लगाइएको जापानको मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जानकारी दिए।

प्रकाशित मिति: १८:५० बजे, बुधबार, फागुन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्