Kathmandu Press

पत्रकारको पारिश्रमिक सिफारिस प्रतिवेदन सरकारलाई बुझाइयाे

काठमाडाैं, फागुन १८ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम तलव वृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८...
पत्रकारको पारिश्रमिक सिफारिस प्रतिवेदन सरकारलाई बुझाइयाे

काठमाडाैं, फागुन १८ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम तलव वृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझाएको छ।

बुधबार सिंहदरबारमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रतिवेदन बुझाउदै राष्ट्रिय मिडियाका लागि श्रमजिवी पत्रकारको न्युनतम तलवमापन वृद्धि गर्न सिफारिस गरेको हो। प्रतिवेदनमा श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतका दरले वृद्धिका लागि सिफारिस गरिएको छ। हाल न्यूनतम तलव २४ हजार ३ सय ७५ रहेकोमा अब ३० हजार ४ सय ६८ रुपैया बनाउन सिफारिस गरिएको छ।

त्यस्तै स्ट्रिन्जरको सवालमा राष्ट्रिय मिडिया र प्रादेशिक मिडियामा कार्यरत पत्रकार, कर्मचारी र कामदारका लागि २५ प्रतिशत र दुगर्म क्षेत्रका स्ट्रिन्जरलाई थप २० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ। त्यसैगरी समितिले सबै सञ्चारमाध्यमको वर्गीकरण गरि वर्गीकरणका आधारमा न्यूनतम पारिश्रमिक तोक्न र कार्यान्वयन गर्न पनि सिफारिस गरेको छ। प्रतिवेदन बुझ्दै सञ्चार मन्त्री कार्कीले समितिको प्रतिवेदनको अध्ययन गर्ने र सरकारले आवश्यक निर्णय गर्ने बताए।

त्यस्तै समितिलाई साधनस्रोत सम्पन्न बनाई कार्याधिकार क्षेत्र बढाउनुका साथै समितिको नाम परिवर्तन गरि पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरेको छ। 
 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्