Kathmandu Press

कुनै हालतमा सत्ता गठबन्धन टुट्दैन : खनाल

काठमाडाैं, फागुन १८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताएका छन्।बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेश्रो...
कुनै हालतमा सत्ता गठबन्धन टुट्दैन : खनाल

काठमाडाैं, फागुन १८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताएका छन्।

बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकाले कुनै हालतमा पनि नटुट्ने बताएका हुन्।

उनले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रुपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे।

खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको दाबीसमेत गरे। उनले मनमोहन अधिकारी प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिष्ट सरकारले ज्येष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा शुरु गरेको बताए।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले शुरु गरेको आधारभूत तथा प्रविधियुक्त शिक्षा कार्यक्रममा ४० जना जेष्ठ नागरिकहरुलाई एक वर्ष सम्म प्रविधियुक्त शिक्षा दिने बताइएको छ।

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्