यी हुन् संसद भवनअगाडि नक्कली बम राख्ने विप्लवका कार्यकर्ता
काठमाडौं, फागुन १८ : सोमबार बानेश्वरस्थित संघीय संसद भवनअगाडिको मुख्य सडकमा शंकास्पद वस्तु राखेर फरार रहेकामध्य एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सडकको बीच भागमा ‘नो...
काठमाडौं, फागुन १८ : सोमबार बानेश्वरस्थित संघीय संसद भवनअगाडिको मुख्य सडकमा शंकास्पद वस्तु राखेर फरार रहेकामध्य एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सडकको बीच भागमा ‘नो एमसिसी’ लेखिएको प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु राखेर फरार भएका सुवास महतलाई बुधबार गौशालाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिएका छन्।
पक्राउ परेका महत नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको खुलेको छ । प्रहरीका अनुसार महत नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पशुपति क्याम्पस कमिटीका अध्यक्ष हुन्। काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथली घर भएका महत चाबाहिल बस्दै आएका थिए।

प्रहरीले महत सहित घटनामा प्रयोग भएको यामहा कम्पनीको बा.प्र.०२–०३०–प ७०८५ नम्बरको एफजेड मोटरसाइकल र विभिन्न कम्पनीका चार थान मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनामा महतसँगै थप एकजनाको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका महतमाथि कारवाही प्रकृया अगाडि बढाइएको र फरार रहेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।








![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)


