थपिए १२७ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, फागुन १८ : नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ४ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रममा १ सय २३ जना र २ हजार २ सय २ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ।
त्यस्तै थप ३ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ४ सय ८८ जना निको भएका छन्। हाल नेपालमा ७ हजार ७ सय ७० संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४९ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)


