Kathmandu Press

भारतमा थपिए ७ हजार ५ सयभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, फागुन १८ : भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ५५४ नयाँ सङ्क्रमित भएका छन्।यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९...
भारतमा थपिए ७ हजार ५ सयभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, फागुन १८ : भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ५५४ नयाँ सङ्क्रमित भएका छन्।

यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

Hardik ivf

सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन्। कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा गत २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन्। 

भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३  जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्