राष्ट्रियसभाका १९ सदस्यको शपथग्रहण फागुन २१ गते हुने
काठमाडौं, फागुन १८ : गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनमा विजयी भएका १९ सदस्यको शपथग्रहण यही फागुन २१ गते शनिबार हुने भएको...
काठमाडौं, फागुन १८ : गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनमा विजयी भएका १९ सदस्यको शपथग्रहण यही फागुन २१ गते शनिबार हुने भएको छ।
कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्ष सिंहदरबारमा बिहान ११ बजे हुने जनाइएको छ। चार वर्षको कार्यकाल पूरा गरेका २० सांसदले शुक्रबार बिदा लिँदैछन्।
रिक्त हुने २० जनामध्ये १९ जना माघ १२ गते निर्वाचित भएका हुन् भने बाँकी एकजनालाई भने सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन्।
प्रकाशित मिति: १६:४० बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)


