Kathmandu Press

राप्रपा नेपालमा ६ उपाध्यक्ष र चार महामन्त्री, यस्तो बन्यो १७ सदस्यीय पदाधिकारी 

काठमाडौं, फागुन १८ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पदाधिकारीमा मनोनित गरेका छन्।राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले विज्ञप्ति जारी गरि अध्यक्ष थापाले...
राप्रपा नेपालमा ६ उपाध्यक्ष र चार महामन्त्री, यस्तो बन्यो १७ सदस्यीय पदाधिकारी 

काठमाडौं, फागुन १८ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पदाधिकारीमा मनोनित गरेका छन्।

राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले विज्ञप्ति जारी गरि अध्यक्ष थापाले पार्टीको विधानबमोजिम १६ जनलाई पदाधिकारी मनोनयन गरेको जानकारी दिएका छन्। 

विज्ञप्तिअनुसार अध्यक्ष थापाले  ७ जनालाई उपाध्यक्ष बनाएका छन्। पर्साका राजीव पराजुली पहिलो वरियताका उपाध्यक्ष मनोनित भएका छन्। त्यस्तै काठमाडौंका उद्वव पौडेल, काठमाडौंकै जयकुमार खड्का, बाँकेका राजेन्द्रवीर राय, तनहुँका विष्णु भण्डारी, धनकुटाका लाक्पा तामाङ उपाध्यक्षमा मनोनित भएका छन्।

त्यस्तै ललितपुरका भाष्कर भद्रा, महोत्तरीका सुशिल श्रेष्ठ, काठमाडौंका इन्द्र चित्रकार र मकवानपुरका राजाराम बर्तौला महामन्त्रीमा मनोनित भएका छन्।

अध्यक्ष थापाले ६ जनालाई सहायक महामन्त्री मनोनित गरेका छन्। मनोनयमा पर्नेहरुमा सुनसरीका हरिकृष्ण श्रेष्ठ, पर्वतका धरम गुरुङ, भोजपुरका अम्बिका प्रसाद ढकाल, कास्कीका शिव कुमार वास्तोला, झापाका ममता राई र महोत्तरीका शशिरञ्जन यादव रहेका छन्।

योसँगै राप्रपा नेपालमा १७ सदस्यीय पदाधिकारीको गठन भएको छ। 

राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरी राप्रपा नेपालमा अध्यक्ष बनेका हुन्।

प्रकाशित मिति: १६:३० बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्