Kathmandu Press

चैत तेस्रो साता काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो हुने

काठमाडाैं, फागुन १८ : आगामी चैत तेस्रो साता काठमाडौंमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुने हुने भएको छ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)...
चैत तेस्रो साता काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो हुने

काठमाडाैं, फागुन १८ : आगामी चैत तेस्रो साता काठमाडौंमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुने हुने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज् प्रालिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक्स्पो चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागिएको जनाएको हो। तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने इपानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिए।

एक्स्पोमा नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती दूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने बताइएको छ। भारतीय दूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ।  

यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने विश्वास लिइएको उपाध्यक्ष गर्गले बताए। उनले  जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने जानकारी दिए।

त्यस्तै एक्स्पोमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने अनुमान गरिएको छ । एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्