Kathmandu Press

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

काठमाडौं, फागुन १८ : सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह...
बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

काठमाडौं, फागुन १८ : सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । 

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जानकारी दिएकाे छ । 

‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ÷संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ, ’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।   

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्