Kathmandu Press

सभामुखविरुद्ध एमालेले भ्रम र अफवाह फैलाउन खोज्यो : सभामुखको सचिवालय

काठमाडौं, फागुन १८ : सभामुख अग्निप्रसाद सापकोटाले बोल्दै नबोलेको कुरालाई लिएर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सङ्घीय संसद् सचिवालयले ध्यानाकर्षण भएको...
सभामुखविरुद्ध एमालेले भ्रम र अफवाह फैलाउन खोज्यो : सभामुखको सचिवालय

काठमाडौं, फागुन १८ : सभामुख अग्निप्रसाद सापकोटाले बोल्दै नबोलेको कुरालाई लिएर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सङ्घीय संसद् सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपाने आज जारी गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख छ।

देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उनले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकाप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ।

नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान भएकोप्रति आप्रत्ति जनाइएको छ। 

प्रकाशित मिति: १५:२४ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्