Kathmandu Press

एमाले सांसद बानियाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति 

काठमाडौं, फागुन १८ : जबरजस्ती करणीको आरोपमा पक्राउ  परेका एमाले सांसद मोहन बानियाँलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।जिल्ला...
एमाले सांसद बानियाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति 

काठमाडौं, फागुन १८ : जबरजस्ती करणीको आरोपमा पक्राउ  परेका एमाले सांसद मोहन बानियाँलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सांसद बानियाविरुद्ध अनुसन्धानका लागि थप पाँच दिनको म्याद थप भएको जानकारी दिएको छ। 

सांसद बानियाँले नेपालगञ्जको होटलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

उजुरीलगत्तै बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए। बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट सोमबार पक्राउ गरिएको थियो।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति: १५:०० बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्