Kathmandu Press

युक्रेनलाई सदस्यता दिन युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाइ

युक्रेनलाई सदस्यता दिन युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाइ

ब्रसेल्स, फागुन १८ : रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनलाई युरोपियन युनियनको सदस्यताका लागि युद्ध रोकिनुपर्ने बताएकी छन्। उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएकी हुन्।

उनले भनेकी छन्, 'युक्रेनले युरोपियन युनियनको सदस्ताका लागि आग्रह गरेको छ, पक्कै पनि हामी यतिखेर युक्रेनसँग इतिहासमै सबैभन्दा धेरै नजिक भएका छौ, तर पनि सदस्यता अघि नै त्यहाँ युद्ध रोकिनुपर्छ र यसका कारण हामीले अर्को चरणको प्रक्रिया सुरु गर्नेछौं।'

यता रुसले युक्रेनमा हमला रोकेको छैन। गएको करिब हप्ता दिन यतादेखि रुसले युक्रेनमा हमला जारी नै राखेको बताइएको छ। रुस र युक्रेनका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। युक्रेन र बेलारुसबीचको सीमामा भएको सो वार्ताबाट कुनै निष्कर्ष भने निस्किएको छैन।

रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्। युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने बताएका छन्। रुसले युक्रेनको राजधानी सहर किभका साथै अन्य आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको बताइएको छ।

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, फागुन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्