Kathmandu Press

पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु

इस्लामावाद, फागुन १८ : पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन्। गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु...
पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु

इस्लामावाद, फागुन १८ : पाकिस्तानमा मङ्गलबार ७६५ जना कोरोना सङ्क्रमित थपिएका छन्। गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर  ९एनसीओसी० ले बुधबार जानकारी दिएको छ। 

पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६ जनालाई कोरोना सङ्क्रमण देखा परेको छ।  ती मध्ये १४ लाख ४५ हजार २४५ जना कोरोना भाइरस मुक्त भएका छन्। हाल पाकिस्तानमा ९८१ जना गम्भीर बिरामीसहित ३५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन्।  

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप २२ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोेनाबाट ज्यान गुमाउनेको सख्या ३० हजार २१८ पुगेको छ।

पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो। यहाँ पाँच लाख ६८ हजार ६३५  कोरोना  सङ्क्रमण भएको छ। त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा पाँच लाख एक हजार ७५८ कोरोना सङ्क्रमण भएको  समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, फागुन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्