संसद भवनअगाडि नक्कली बम राख्ने व्यक्ति विप्लवका कार्यकर्ता रहेको खुलाशा
काठमाडौं, फागुन १८ : राजधानीको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु राख्ने व्यक्ति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेता रहेको खुलेको छ। गत आइतबार...
काठमाडौं, फागुन १८ : राजधानीको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु राख्ने व्यक्ति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेता रहेको खुलेको छ।
गत आइतबार संसद भवन अगाडिको मुख्य सडकमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो। उक्त शंकास्पद वस्तु सडकमा राख्ने एक जनालाई बुधबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका– २ का सुवास महत रहेका महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले काठमाडौं प्रेसलाई जानकारी दिएको छ।
उनलाई काठमाडौंबाटै पक्राउ गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनअन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष रहेको खुलेको एसपी कोइरालाले बताए।
उनीसँगै मोटरसाइकलमा रहेका अर्का व्यक्तिको पनि खोजी भइरहेको छ ।‘सिसीटिभीबाट हेर्दा उक्त घटनामा दुई जनाको संलग्नता देखिएको छ, अर्का व्यक्तिको खोजीकार्य जारी छ,’ एसपी कोइरालाले भने।
पक्राउ .परेका महतविरुछ कानुनअनुसार कारवाही प्रकृया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)