सुनको भाउ अहिलेसम्मकै महंगो
काठमाडौं, माघ २१ : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन प्रतितोला ६२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि नेपालमा सुन सर....

काठमाडौं, माघ २१ : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन प्रतितोला ६२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो । सुनको मूल्य हालसम्मकै महंगो हुन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतबार प्रतितोला ६२ हजार तीन सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार दुई सय रुपैयाँ बढेर ६२ हजार पाँच सय रुपैयाँ पुगेको हो ।
सोमबार तेजावी प्रतितोला ६२ हजार दुई सयमा कारोबार भएको छ भने चाँदी प्रतितोला सात सय ८० मा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो ।
अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायतका कारणले सुनको भाउ उच्च भएको जनाएको छ ।
छिमेकी भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको बताइएको छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले चीन र अमेरिकाबीचको व्यापार विवादका कारणले सुनको मूल्य बढ्दै गएको बताए । शाक्यले मूल्य अझै लगातार बढ्दै जाने देखिएको बताए ।
भारतीय बजारमा हुने उतारचढावले भने नेपाली बजारमा सुनको भाउ तलमाथि हुने गर्छ । हाल मुलुकमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ बर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।
सिजनमा दैनिक ४० देखि ५० किलो कारोबार हुने गरेकोमा अहिले मूल्य बढेकाले दैनिक २५ देखि ३० केजीको कारोबार हुने गरेको समेत व्यवसायीको भनाइ छ ।











-1754206481.jpg)